दफा ३७
रेडियोधर्मी फोहोरमैलाको सुरक्षाको जिम्मेवारी
(१) रेडियोधर्मी फोहोरमैलाको सुरक्षा व्यवस्थापन गर्ने जिम्मेवारी इजाजतपत्रवालाको हुनेछ ।
(२) इजाजतपत्रवालाले रेडियोधर्मी फोहोरमैला सम्भव भएसम्म कम निष्कासन
हुने गरी आवश्यक व्यवस्था मिलाउनु पर्नेछ।
(३) इजाजतपत्रवालाले रेडियोधर्मी फोहोरमैला नियमनकारी निकायले स्वीकृति
दिएको ठाउँ वा संयन्त्रमा तोकिए बमोजिम व्यवस्थापन वा विसर्जन गर्नु पर्नेछ।